राजश्वमा गुणात्मक वृद्धि गर्न मन्त्री खतिवडाको निर्देशन

चितवन– अर्थमन्त्री डा.युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका छन् । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई आज यहाँ निर्देशन दिँदै मन्त्री खतिवडाले सङ्ख्या मात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका हुन् । करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उनले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिए । आर्थिक ऐन २०७५ ले गरेका व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्न पनि उनले निर्देशन दिए ।

from रातोपाटी http://bit.ly/2Z9bwgd
Previous
Next Post »