मिथिलामा आज चैती छठ मनाइँदै

जनकपुर–मिथिलामा धुमधामका साथ चैती छठ पर्व मनाइँदैछ । विधिवतरुपमा मंगलबार देखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन आज अस्ताउदो सूर्यलाई अघ्य दिइन्छ भने शुक्रबार विहान पुनः उदाउँदो सूर्यलाई पुन अघ्य दिएपछि सम्पन्न हुनेछ । ४ दिन सम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीको दिन खरना पर्व मनाइन्छ ।खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसी साँझपख खष्ठी देवीलाई प्रसाद चढाइ खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाइने गरिन्छ । 

from रातोपाटी http://bit.ly/2IbhYhJ
Previous
Next Post »