नेविसंघले सरकारविरुद्ध खबरदारी सभा गर्ने

काठमाडौं–नेपाली कॉंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको पछिल्लो गतिविधिको विरोधमा खबरदारी सभा गर्ने भएको छ । दुई तिहाइको सरकार प्रतिपक्षको कुरै नसुनी पेलेर जान खोजेकाले शनिबार राजधानीको बाल्मिकी विद्यापीठमा खबरदारी सभा गर्न लागिएको नेविसंघका नेता सुशील भट्टले जानकारी दिए । सरकार एकलौटी ढंगले अघि बढिरहँदा प्रतिपक्षी दल कांग्रेस समेत निरिह देखिनु दुखद भएको भन्दै पार्टी नेतृत्वलाई समेत सशक्त बनेर प्रतिरोध गर्न दवाव दिने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ । 

from रातोपाटी http://bit.ly/2Gft03k
Previous
Next Post »