चेल्सीविरुद्ध लिभरपुलको सनसनी

एजेन्सी– चेल्सीमाथि सनसनीपूर्ण जित निकाल्दै लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थान कब्जा गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई २–० गोलले हरायो । घरेलु मैदानमा लिभरपुललाई जिताउन साडियो माने र मोहमद सलाहले गोल गरे ।पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको लिभरपुलले दोस्रो हाफमा दबदबा जमाएको थियो । ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ५३ औं मिनेटमा सलाहले डिबक्स बाहिरबाट करिब २५ यार्ड लामो प्रहारमा उत्कृष्ट गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए

from रातोपाटी http://bit.ly/2ZcP7Pe
Previous
Next Post »